सुनसरीको बराहमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

सुनसरीको बराहमा ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

सुनसरी, जेष्ठ २९ गते ।

सुनसरीको बराह नगरपालिका-८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालक स्थानीय ३२ बर्षीय मोहमद मिया ट्याक्टरले च्यापिएर गम्भीर घाईते भएका थिए ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटि गई च्यापिएका सहचालकलाई उद्धार गरी उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचारकै क्रममा दिउँसो १२:२० मा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्