बजारमा बिषादीयुक्त आँप छ्यापछ्याप्ती, अनुगमन पछि आँप जफत

बजारमा बिषादीयुक्त आँप छ्यापछ्याप्ती, अनुगमन पछि आँप  जफत

विराटनगर २९ जेठ । बजारमा  विषादी (कारवाइड) प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेको भेटिएको छ ।
इटहरी उपमहानगरपालिकाले बुधबार बजार अनुगमन गर्दा विषादि (कारवाईड) प्रयोग गरेर पकाएको आँप भेटृपछि जफत गरेको छ ।

इटहरीको आइतबारेमा सञ्चालित रामनारायण फ्रुट सेन्टरमा अनुगमन गर्दा आँप प्याक गरिएको कार्टुनमा सेतो कागजमा सानो पोको भेटियो । त्यो पोको खोलेर हेर्दा सेतो धुलो भेटिएपछि कारवाईड भएको पत्ता लागेको थियो । यो विषादी नेपालमा प्रतिबन्धित छ ।

कारवाईड प्रयोग गरेर पकाएको आँपको ४० कार्टुन उठाएर उपमहानगरमा ल्याइएको थियो । उपमहानगरमा ल्याएर अनुगमन टोली, उपभोक्ता मञ्च, र संचारकर्मीको रोहबरमा मुचुल्का उठाइएको थियो । विषादीयुक्त उक्त आँपलाई नष्ट गरिने उपमहानगरले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्