सुनसरीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु चालक प्रहरी नियन्त्रणमा

सुनसरीमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु चालक प्रहरी नियन्त्रणमा

सुनसरी, २९ जेठ ।
सुनसरीको बराह नगरपालिका–८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे शुक्रवारेबाट महेन्द्रनगर तर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक सोही स्थानका ३२ बर्षीय मोहमद मियाँ ट्याक्टरले च्यापिएर गम्भीर घाईते भएका थिए । च्यापिएका सहचालकलाई उद्धार गरी उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएकोमा उपचारकै क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्