सप्तरीका इन्जिनियर विकास श्रेष्ठ एक लाख रुपैयाँ घुससहित पक्राउ परे

सप्तरीका इन्जिनियर विकास श्रेष्ठ एक लाख रुपैयाँ घुससहित पक्राउ परे

सप्तरी जेठ ३० । सप्तरीको रुपनी गाउँपालिकाका इन्जिनियर विकास श्रेष्ठ १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी स्थित सम्पर्क कार्यालयको टोलीले आज विहान घरबाटै पक्राउ गरेको हो ।

तत्कालीन जिल्ला विकास समितिको योजनाअनुसार रुपनी गाउँपालिका स्थित स्वर्ण खोलामा निर्माण गरिएको झोलुङ्गे पुल निमार्णको क्रममा श्रेष्ठले उपभोक्ता समितिबाट घुस लिएको अख्तियारले दाबी गरेको छ ।

श्रेष्ठ योजनाको मुख्य इन्जिनियरको रुपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्