ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको भवन शिलान्यास

ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको भवन शिलान्यास

ताप्लेजुङ, ३१ जेठ ।
ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको हाता भित्र निर्माण हुन लागेको कार्यालय भवनको आज एक कार्यक्रमको आयोजना गरि शिलान्याश भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले भवनको शिलान्यास गरे ।

कार्यक्रममा बोल्दै प्रदेश प्रहरी कार्यालयका प्रमुख रिजालले नागरीक प्रहरी सहकार्यको खाँचो रहेको बताए । उनले प्रहरी र नागरीक बिचको सहकार्यबाट मात्रै समाजमा शान्तिसुरक्षा अमनचयन कायम हुने हुँदा शान्ति सुरक्षा कायम गर्ने प्रयासमा सघाउन नागरीक समाजसंग आग्रह गरे । प्रहरीको काम कारवाही र उनीहरुको दैनिकीका बारेमा स्थानीय तहका नेतृत्वकर्ताले अभिभावकीय भूमिका खेल्न सक्ने भन्दै प्रहरीका संरचना बनाउन र उनीहरुको कार्य सम्पादनमा सहजता ल्याउन समेत स्थानीय तहका नेतृत्वकर्तासंग आग्रह गरे ।
नयाँ भवन संगसंगै उच्च मनोवलका साथ काम कारवाही गर्न प्रहरी कर्मचारीहरुलाई निर्दैशन दिँदै रिजालले उच्च मनोवल र स्वच्छ भावनाका साथ काम गर्ने हो भने शान्ति सुरक्षामा कुनै चुनौती आई नपर्ने दाबी गरे ।
२ करोड ४६ लाख ८८ हजार ९ सय ७३ रुपैयाँको कुल लागतमा निर्माण हुन लागेको संरचनामा कार्यालय भवन, ब्यारेक, महिला तथा पुरुष हिरासत कक्ष र छुट्टै मेस तथा शौचालय रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्