खानेपानीको रकम हिनामिना गर्ने दुई कर्मचारी बर्खास्त

खानेपानीको रकम हिनामिना गर्ने दुई कर्मचारी बर्खास्त

संखुवासभा, ३१ जेठ । खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयका दुई कर्मचारी बर्खास्त भएका छन्। रकम हिनामिना गरेको आरोपमा समितिले लेखापाल लक्ष्मण पराजुली र प्रशासन सहायक जुनिता कार्कीलाई बर्खास्त गरेको समितिले जनाएको छ।

खानेपानी कार्यालयका लेखापाल लक्ष्मणले महशुल र प्रशासन सहायक जुनिताले ५ प्रतिशत अनुदानको रकम हिनामिना गरेको आरोप समितिको छ। उनीहरूलाई ४ महिनाअघि निलम्बन गरेको अध्यक्ष नरेन्द्र राईले जानकारी दिए। खानेपानी कार्यालयमा आर्थिक रकम हिनामिना व्यापक भएको गुनासो आए पनि महशुल र उपभोक्ताबाट उठाएको रकमको बारेमा छानबिन गर्न गत माघ १५ गते तत्कालीन खाँदबारी नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठको टोलीले छानबिन गरेको थियो।

१३  लाख बढी अनियमितता गर्न सुरेशले उल्टै मुद्दा दायर गरे १३ लाख ९५ हजार ४७ रुपैयाँ अनियमितता गर्ने काउन्टर सहायक सुरेश ढकालले उल्टै खानेपानी कार्यालयका प्रमुख र समितिलाई नै उच्च अदालत धनकुटा इजालसमा मुद्दा दायर गरको समितिको अध्यक्ष नरेन्द्र राइले बताए। उनका अनुसार काउन्टर सहायक सुरेशले समितिका अध्यक्ष नरेन्द्र राई, उपाध्यक्ष शुसीला घिमिरे, कोषाध्यक्ष लक्ष्मी ढुंगाना, कार्यालय प्रमुख महेन्द्र श्रेष्ठ र लेखा प्रमुख लक्ष्मण पराजुलीलाई मुद्दा दायर भएको खानेपानी कार्यालयले जनाएको छ। काउन्टर  सहायक ढकालले १३ लाख ९५ हजार ४७ रुपैयाँ अनियमितता गरेको भएको प्रतिवेदन सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्