मोरङको रतुवामाईस्थित दाम्राभिट्टा स्कुलमा वार्षिकोत्सब तथा बिदाई कार्यक्रम

मोरङको रतुवामाईस्थित दाम्राभिट्टा स्कुलमा वार्षिकोत्सब तथा बिदाई कार्यक्रम

उर्लाबारी जेठ ३१, मोरङको रतुवामाईस्थित दाम्राभिट्टा सेकेन्डरी इङलिस स्कुलले १२ अौ वार्षिकोत्सब भव्यरुपमा मनाएको छ ।

एक कार्यक्रमविच शुक्रबार विद्यालयले वार्षिकोत्सब मनाएको हो । कार्यक्रममा स्कुलका विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यस्तै , स्कुलबाट यसवर्ष एसईई परिक्षा दिएका विद्यार्थीहरुलाई बिदाइ तथा उच्च शिक्षाका लागि उचित मार्गदर्शनको लागि काउन्सिलिङ सेसन समेत आयोजना गरिएको स्कुलका प्रिन्सिपल पंकज खड्काले जानकारी दिए ।

यसै शैक्षिकसत्रबाट उक्त स्कुल अस्ट्रेलिया तथा विराटनगरका युवा प्रध्यापक सहितको सहभागीतामा संचालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्