झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रकी २८ वर्षीया डाक्टरको निधन

झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रकी २८ वर्षीया  डाक्टरको निधन

झापा, १ असार । झापाको शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८ वर्षीया एक डाक्टरको निधन भएको छ। आमासयको क्यान्सरबाट ग्रसित डाक्टर सुशीला यादवको उपचारका क्रममा निधन भएको हो।

उनको झापास्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो। झापा शनिश्चरे नै घर भएकी डा यादवको आइतबार बिहान उनको निधन भएको हो। उनी २०७३ साल पुस ५ गतेदेखि स्थायी डाक्टरको रुपमा सरकारी सेवामा थिइन्।

तीन वर्षअघि स्वास्थ्य जाँचका क्रममा उनलाई आमासयको क्यान्सर भएको पत्ता लागेको थियो। त्यसयता उनी नियमित उपचारमा थिइन्। उनको क्यान्सरको शल्यक्रिया भारतमा भएको थियो। डा यादवले केही समय काठमाडौं नयाँ बानेश्वरस्थित निजामति अस्पतालमा समेत काम गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्