धरानका विद्यालय पाँच दिनका लागि बन्द

धरानका विद्यालय पाँच दिनका लागि बन्द

धरान, २ असार । अत्यधिक गर्मीका कारण धरानका सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि पाँच दिनका लागि बन्द गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या आएपछि प्याब्सन, एनप्याब्सन र एसीसीले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

“ गर्मी बिदामा समायोजन गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ”, विद्यालय संयोजन कमिटीका अध्यक्ष राजेन्द्र गुरुङले भने। धरानमा पछिल्लो समय डेङ्गुको प्रकोपसमेत फैलिएको छ । डेङ्गुको प्रकोपलाई समेत हेरी  विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

धरानमा एनप्याब्सनमा आवद्ध ३९ तथा प्याब्सनमा आवद्ध ४४ विद्यालय रहेका छन् । सामुदायिक विद्यालय भने गर्मीमा समेत सञ्चालनमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्