टाई ब्रेकरमा विभागीय टिम पुलिस क्लब पराजित, मोरङ दोस्रो चरणमा प्रवेश

टाई ब्रेकरमा विभागीय टिम पुलिस क्लब पराजित, मोरङ दोस्रो चरणमा प्रवेश

उदयपुर,२ असार । उदयपुरमा जारी छैटौं उदयपुर गोल्डकपको सोमबार भएको खेलमा मोरङ फुटवल एकेडेमी विजयी भएको छ। थारुहट रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाई ब्रेकरमा ४ विरुद्ध दुई गोल अन्तरले हराउँदै मोरङ विजयी भएको हो। खेलको १२ औं मिनेटमा मोरङको जर्सी नम्बर १२ का नवयुग श्रेष्ठले पहिलो गोल गरेर खाता खोलेका थिए।

१९ औं मिनेटमा प्रहरीको जर्सी नंं १२ का रविन पासवानले गोल गरेर बराबरीमा पुर्‍याए। ४३ औं मिनेटमा मोरङको तर्फबाट आत्मघाती गोल हुन पुग्दा प्रहरीले अग्रता पाएको थियो। मोरङको जर्सी नं. ४ का विकास खवासले पोलनजिकै रोक्न खोजेको बल नियन्त्रण गर्न नसकेपछि गोल भएको थियो। त्यस्तै दोस्रो हाफको २५ औं मिनेटमा मोरङका जर्सी नं. १२ का नवयुग श्रेष्ठले नै गोल गरी खेललाई फेरी बराबरीमा बनाए। निर्धारित समयसम्म खेल बराबरी भएपछि खेल टाई ब्रेकर भएको थियो। टाईब्रेकरमा मोरङको तर्फबाट ४ र पुलिसको तर्फबाट २ गोल भएको थियो।

टाई व्रेकरमा मोरङको ६ नम्बरका विवेक पौडेल, १४ नम्बरका दिपक राई, ५ नम्बरका विक्रम लिम्बू, १८ नम्बरका उमेश कार्कीले गोल गरेका थिए भने पुलिसको ९ नम्बरका सुमन लामा र ३१ नम्बरका दिनेश गुरुङले मात्र गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच मोरङका १ नम्बरका किपर सूर्य अधिकारी घोषित भए।  भोलि मंगलबार गोर्खा ब्वाइज रुपन्देही र संकटा क्लव काठमाडौंबीच हुने आयोजक समितिका अध्यक्ष रामाकान्त चौधरीले जानकारी दिए।

प्रतियोगिताको बिजेताले नगद ५ लाख र उप विजेताले नगद ३ लाख प्राप्त प्राप्त गर्नेछन। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार बराबरको उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ। एसियन थाइफुड्स प्रालि र गौडाछाप उदयपुर सिमेन्ट ले मुख्य प्रायोजन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्