इलाममा दस महिनापछि बजार अनुगमन

इलाममा दस महिनापछि बजार अनुगमन

इलाम, ३ असार । जिल्ला प्रशासन कार्यालय इलामले दस महिनापछि पहिलोपटक बजार अनुगमन गरेको छ । प्रशासनले चाडबाडको अवसर पारेर दसैंमा बजार अनुगमन गरेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय इलामको संयोजनमा जिल्ला प्रहरीसशस्त्र प्रहरीइलाम नगरपालिकाउद्योग वाणिज्य संघ नेपाल पत्रकार महासंघ घरेलु कार्यलय र कर कार्यलयसँगको समन्वयमा इलाम सदरमुकामका पसलमा अनुगमन गरेको हो ।

सोमबार इलामका १९ वटा पसलहरुको अनुगमन गरेको छ । अनुुगमनको क्रममा धेरै पसलमा मूल्य सूची नै नराखेको पाइयो । टोलीले मुल्यसूची राख्न ब्यवसायीहरुलाई निर्देशन गरेको छ । त्यस्तै कतिपयले ब्यवसाय दर्ता नगरेकोसरसफाईमा ध्यान नदिएको पाइएको छ ।
बजारका पसलहरुमा मूल्यसूची नराखेकोम्याद गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बिक्रीको अनुगमन गरेको थियो । अनुगमन टोलीले म्याद नाघेका केही खाद्य सामान बरामद समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलले जानकारी दिऐ ।

नेपालको संविधानले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकार छ । गुणस्तरहीन वस्तु तथा सेवाबाट क्षति पुगेको खण्डमा कुनै पनि उपभोक्ताले कानुनबमोजिम क्षतिपूर्ति पाउने संवैधानिक हक राख्नपाउने छन । कालोबजारीएकाधिकारकृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रणजस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापरिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ता हित संरक्षण गर्न अनुगमन आवश्यक छ । अनुगमन जतिनै भएपनि कालोबजारी गरी बढी मूल्य असुल्ने र मिसावट गरी उपभोक्ताको जीउ ज्यानस्वास्थ्य र सम्पत्तिमा हानी पु¥याउने दोषीलाई कारबाही गरी बजारलाई स्वस्थ्य र स्वच्छ पार्न सकिएको छैन ।

बजार अनुगमन प्रभावकारी नहुँदा व्यापारीले पैसाको लागि र आफ्नोमा भएको सामान बिक्री गरीसक्नलाई जस्तोसुकै खाद्य सामान बेच्ने भएको हुँदा अनुगमन प्रभावकारी बनाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्