सङ्खुवासभामा बाढीले अरुण तेस्रोमा क्षति,दुई सय क्विन्टल छड तथा निर्माण सामग्री बगायो

सङ्खुवासभामा  बाढीले अरुण तेस्रोमा क्षति,दुई सय क्विन्टल छड तथा निर्माण सामग्री बगायो

सङ्खुवासभा, ४ असार ।जिल्लाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पु¥याएको छ । बाढीले मकालु–३ स्थित निर्माणाधीन अरुण तेस्रो आयोजनाको बाँधमा क्षति पु¥याउनुका साथै विभिन्न मेसिनसमेत बगाएको छ ।

प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार मकालु–५ मा अरुण तेस्रोको दुई सय क्विन्टल छड तथा निर्माण सामग्रीसमेत बगाएको छ । खाँदबारी नगरपालिका–१० चवाबेँसीमा पनि निर्माणाधीन कात्तिकेघाटको पक्की पुलका लागि राखिएका सामग्रीसमेत बगाएको छ ।

चिचिला गाउँपालिका–४ मा खाँदबारी–किमाथाङ्का सडक खण्डको सुम्भाभीरदेखि कप्तानेसम्मको तीन किलोमिटर सडक ठाउँठाउँमा बगाएको छ । मकालु गाउँपालिका–५ नुममा पहिरोले अजित राईको घर पुरेको लामाले जानकारी दिए । उक्त क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्