गरिखानेको कुरा :इलाममा व्यावसायिक बाख्रापालन,वार्षिक २५ लाखभन्दा बढीको कारोबार

गरिखानेको कुरा :इलाममा व्यावसायिक बाख्रापालन,वार्षिक २५ लाखभन्दा बढीको कारोबार

इलाम, असार ४ । इलामको रोङ गाउँपालिका र माङ्सेबुङ गाउँपालिकामा व्यावसायिक बाख्रापालन अभियान सुरु भएको छ ।

मासु र उन्नत नस्लको बोका र बाख्राको मूल्य अकासिएसँगै इलामका किसान व्यावसायिक वाख्रापालनमा सक्रिय भएका हुन् । व्यावसायिकरुपमा उन्नत जातका बाख्रापालन गरी छिटो मुनाफा आर्जनमा किसानको आकर्षण देखिएको हो ।

बाख्रापालनबाट किसानले वार्षिक २५ लाखभन्दा बढीको कारोबार गरेको बताएका छन् । बाख्राको नस्ल सुधारमा गाउँपालिकाले कार्यक्रम सञ्चालन गरेको छ ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्राको खोर निर्माण, डिपिङ ट्यांकी निर्माण र बोयर जातका बाख्रा वितरणमा सहयोग गरेको जनाएको छ । बोयर जातको नस्लमा बढी आम्दानी देखिएकाले यसको मागसमेत उच्च रहेको बताइएको छ । किसानले स्थानीय खरी, जमुना पारी, पुङपुङे जातका बाख्रापालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्