झापाको गौरादहमा पनि टिपरको ठक्करबाट बालकको मृत्यु 

झापाको गौरादहमा पनि टिपरको ठक्करबाट बालकको मृत्यु 

झापा, असार ४  गते ।

झापाको गौरादह नगरपालिका-७ भेटवालचोकमा सोमवार दिउँसो टिपरको ठक्करबाट १० बर्षीय बालकको मृत्यु भएको छ । दिउँसो ३ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ ख २७०४ नम्बरको टिपरले सुनसरीको तरहरा घर भई गौरादह-७ हजुरबुवाको घरमा बस्दै आएका कृष्ण गिरीको छोरा बर्ष १० का ओमराज गिरीलाई बाटो काटने क्रममा ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटि गई टिपर र चालक गौरादह-७ कै ३१ बर्षीय सोम प्रसाद बजगाईलाई नियन्त्रण लिएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी परिक्षणको लागि दमकको आम्दा अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्