सुनसरीको बराहक्षेत्रबाट लागूऔषध र चक्कु सहित एक युवा पक्राउ

सुनसरीको बराहक्षेत्रबाट लागूऔषध र चक्कु सहित एक युवा पक्राउ

सुनसरी, असार ०४ गते ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सैनिक टोलबाट प्रहरीले मंगलवार लागूऔषध र चक्कु सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध र चक्कु सहित धरान उपमहानगरपालिका-१७ बस्ने बर्ष २६ को सुबोज खड्कालाई पक्राउ गरेको हो ।

दिउँसो साढे १२ बजे मधुबनबाट धरान तर्फ जाँदै गरेको बा ६९ प २८३८ नम्बरको मोटरसाईकलमा सवार रहेका खड्कालाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध एभिल-६७ एम्पुल, डाईजेल्याव-६९ एम्पुल, नाईट्रोसन ट्याबलेट-२२८ चक्की, नुफिन-६८ एम्पुल, स्पास्मोप्रोक्सिभन-६८ क्याप्सुल, ल्यापटप-१ थान, चक्कु-१ थान र मोबाईल-२ थान फेला पारेको हो । बरामद सामान सहित खड्कालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्