रातको समयमा खुकुरी र रड बोकेर आक्रमण गर्ने गौरीटोलका राई पक्राउ

<span class='c1'>रातको समयमा खुकुरी र रड बोकेर</span> <span class='c2'>आक्रमण गर्ने गौरीटोलका राई पक्राउ</span>

विराटनगर ५ असार । बुधबार राती खुकुरी र रड बोकेर आफ्नै टोलका एक युवालाई काट्न पुगेका धरान ८ गैरी टोलका करिब ३० बर्षका उमेश राई पक्राउ परेका छन् ।

खुकुरी र रड बोकर गएका राईले सोही टोलका २८ बर्षीय मनोज भन्ने खिरबहादुर श्रेष्ठको घरमा पुगेर प्रहार गरेका थिए । खुकुरी प्रहारबाट श्रेष्ठको पिडौलामा लागेको थियो । खुकुरी प्रहारबाट श्रेष्ठ घाइते भएको खबर पाएपछि गएको प्रहरी टोलीले उमेशलाई खुकुरी र रडसहित नियन्त्रणमा लिएको थियो । घटनाबारे घाइते श्रेष्ठले प्रहरीमा अभद्र ब्यवहार सम्बन्धी मुद्दामा उजुरी दिएका छन् । पक्राउ परेका राईलाई म्याद थप गरी अनुसन्धानमा राखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्