केराबारीमा नाता भित्र कै आफन्तको योजनामा १९ बर्षिया किशोरी बलात्कृत

केराबारीमा नाता भित्र कै आफन्तको योजनामा १९ बर्षिया किशोरी बलात्कृत

विराटनगर ५ असार । मोरङको केराबारी गाउँपालिका स्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कारको घटनामा नयाँ रहस्य खुलेको छ ।
होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी एक १९ वर्षीय युवतीमाथि बलात्कार गरिएको थियो । जुस भन्दै झुक्याएर मदिराका रुपमा सेवन गरिने वाइन खुवाएर ती युवतीमाथि बलात्कार गरिएको प्रहरी अनुसन्धानले बताएको छ । यो घटनाको मुख्य योजनाकार ती युवतीको नाता भित्रकै दिदी रहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर रामकुमार राईले बताएका छन् ।

२२ वर्षीय अञ्जना थापाले पारिवारिक नाता भित्रकै बहिनीलाई झुक्याउँदै ल्याएर अपरिचित व्यक्तिलाई बलात्कार गर्न लगाएको अनुसन्धानका क्रममा खुलेको हो । उनले आफ्ना प्रेमी सुन्दरहरैंचा नगरपालिका–१२ का ३९ वर्षीय सञ्जिवकुमार शंकरसँग मिलेर गोरखाको पृथ्वीनगर–७ का ३२ वर्षीय विश्वास कट्टेललाई नाता भित्रकी बहिनी बलात्कारको वातावरण मिलाइदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विश्वास सञ्जिवसँग नियमित सम्पर्कमा विराटचोकमा रहेर जग्गाको कारोबार गर्दै आएका व्यक्ति हुन् । दुवै जना विवाहित र अञ्जना अविवाहित हुन् । पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरेर असार १ गते जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

 प्रदेश वान टिभीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्