मर्निङवार्क गर्न हिडेकी महिलाको घाटिबाटै सिक्री लुटियो

मर्निङवार्क गर्न हिडेकी महिलाको घाटिबाटै सिक्री लुटियो

धरान ७ असार । धरान उपमाहनागरपालिका १३ जानकि चोक भृकुटिमार्गमा मर्निङवाक गर्दै गरेकी महिलाको गलामा लगाएको सुनको सिक्री लुटिएको छ ।
शुक्रबार बिहान करिव ५ बजे बाटोमा धरान उपमाहनागरपालिका –१६ गणतन्त्र चौक नजिकै घर भएकी मङ्सीमाया राईको गलाबाट चौक नजिकै हिडिरहेको बेला एक तोलाको सुनको सिक्री लुटिएको छ ।
घटनास्थल नजिकै धारामा पानी थाप्दै गरेका मानिसहरू अनुसार घटना पछि देखीएको कालो रातो (ईटा) रङको अल्फाबेट नखुलेको ५७४७ नम्बरको अपाचि मोटरसाइकलमा तीनजनाको समुहले एक्लै हिडिरहेकी राई गलामा रहेको सिक्री थुतेर धरान १६ तर्फ भागेको हुनसक्ने जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मोटरसाइकलको नम्बर र रङको आधारमा लुटेराको खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यलयका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्