विराटनगरको न्यूरो अस्पतालको शिविर बैगुनधुरामा, एकै दिन ५ सय बढीले सेवा लिए

<span class='c1'>विराटनगरको न्यूरो अस्पतालको शिविर बैगुनधुरामा, एकै</span> <span class='c2'>दिन ५ सय बढीले सेवा लिए</span>

झापा, ८ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगर र झापा गौरादह नगरपालिको संयूक्त आयोजनामा गौरादहको बैगुनधुरामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ५६१ जना बिरामी लाभान्वित भएको गौरादह नगरपालिकाले जनाएको छ । सबै सेवा एकै ठाँउ पाउदा निकै हर्षित भएको बैगुन्धुरा निवासी सीता मगरले बताईन् ।

स्वास्थ्य शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ न्यूरोलोजिष्ट डा.बिरेन्द्र कुमार बिष्ट , बरिष्ठ फिजिसियन डा. अग्रज उप्रेती , स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रेनुका राठी , बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद साह तथा अर्थोपेडिक सर्जन डा.अमित देवले स्वास्थ्य परिक्षण गरेका थिए ।

बृहत स्वास्थ्य शिविरमा गौरादह नगरपालिकाका ९ वटै वार्डबाट बालबालिकादेखि बृद्धबृद्धासम्म उपचार गराउन आएका गौरादह नगरपालिका वडा नं ९का वडा अध्यक्ष सिताराम भटट्राईले बतााए ।
नगरवासीलाई घरदैलोमा नै सेवा प्रदान गर्नको लागि संयुक्त शिविरको आयोजना गर्दा धेरैलाई फाईदा भएको गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले बताए ।
शिविरमा न्यूरो सम्बन्धी, महिलाको आङ खस्ने समस्या, महिनावारी, डाइबेटिज, बालबालिमा लाग्ने बिभिन्न रोग तथा हाड जोर्निको बिरामीले स्वास्थ्य परिक्षण गराएका थिए ।
शिविरमा ८२ जनाको इसिजि , ५८ जनाको इइजी तथा ३५८ जनाको सुगरको परिक्षण गरिएको शिविर संयोजनकर्ता भारत श्रेष्ठले जानकारी दिए । न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै १ नं प्रदेश तथा २ नं प्रदेशको बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्दै आएको हस्पिटलका अपरेस्नल डाइरेक्टर राजेश भटटराईले जानकारी दिए ।
मेडिकल अफिसरहरु डा.अनिल मेहता , डा प्रियङका सिङ , डा राकेश साह , डा. सन्तोष साह , सहितका स्वास्थ्य टोलीद्धारा स्वास्थ्य परिक्षण गर्नुका साथै निःशूल्क औषधी पनि वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्