सुनसरी, ८ असार ।
सुनसरीको रामधुनी नगरपालिका ४ बाट चोरीको आरोपमा प्हरीले एकनालाई पक्राउ गरेको छ ।
स्थानीय बद्री मुखियाको घरबाट आज बिहान मोवाइल तथा नगद हराएको भनी प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई दिएको जानकारीको आधारमा प्रहरी चौकी सिंघिंयाबाट खटिएको प्रहरी टोलीले स्थानीय २० बर्षीय मनीष चौधरीलाई पक्राउ गरेको हो ।
चैधरीको साथबाट प्रहरीले चोरी गरेको मोवाईल फेला पारेपछि घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुसन्धान गरिरहेको जनाएको छ ।