झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम , रिमोट कन्ट्रोलसहित फेला

झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम , रिमोट कन्ट्रोलसहित फेला

भद्रपुर  असार १० , झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम भेटिएको छ । नगरपालिका कार्यालय परिसरमा एक झोलामा सोमबार बेलुका रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको थियो । सोमबार बेलुका ८ बजे झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गृह मन्त्रालयका सचिवले फोन गरेर नगरपालिकामा बम राखिएको भनेर जानकारी गराएपछि हल्ला भएको थियो ।

आफूलाई खबर आएलगत्तै दाहालले जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी गराएका थिए ।  जिल्लाले वडा प्रहरी कार्यालय भद्रपुरलाई जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उक्त झोला देखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

शंकास्पद झोला मेयर र उपमेयरको कार्य कक्ष चढ्ने सिढीको तल राखिएको भेटिएपछि प्रहरीले चारआलीस्थित कालीबहादुर गणलाई जानकारी गराइएको थियो ।  सेनाको टोली पुगी राति करिब ११ दुई पटक बिस्फोट गरेर प्रेसर कुकर बम निस्क्रिय पारेको थियो । बम निस्क्रिय पार्ने सेनाको टोलीकाअनुसार रिमोट कन्ट्रोलसहितको प्रेसर कुकरभित्र ६ वटा डेटोनेटर थिए ।

-अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्