उदयपुरका दुई मुख्य बजारमा दुईवटा बम फेला , बन्दका कारण जनजीवन प्रभावित

उदयपुरका दुई मुख्य बजारमा दुईवटा बम फेला , बन्दका कारण जनजीवन प्रभावित

उदयपुर  असार १० , उदयपुरका दुई मुख्य बजारमा मंगलबार बिहान दुईवटा बम फेला परेको छ । सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तीर्थ श्रेष्ठको घर अगाडी बम फेला परेको हो ।

सदरमुकाममा फेला परेको सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले बताए । शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै नेपाली सेनाको १८ नम्बर बाहिनीको टोलीले घटनास्थल पुगी डिस्पोज गरेको एसपी बुढामगर जानकारी दिए ।

नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहन गरेको नेपाल बन्दलाई सफल बनाउन बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । आदर्शटोलमा हरियो झोलामा करिब एक सय मिटर रातो कालो तारले बाँधेर छाडेको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।

कटारीमा रातो झोलमा बाँधेर छाडिएको अवस्थामा रहेको शंकास्पद वस्तु सुतली बमको आशंका गरिएको छ । उक्त बस्तुलाई प्रहरीले कडा सुरक्षा दिएर घेरा हालेको छ ।

यता बन्दका कारण उदयपुरको जनजीवन प्रभावित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्