बिर्तामोड नगरपालिकाका मेयर शिवाकोटीले सरकारले दिने ३० लाख रुपैयाँ नलिने

बिर्तामोड नगरपालिकाका मेयर  शिवाकोटीले सरकारले दिने ३० लाख रुपैयाँ नलिने

बिर्तामोड,१० असार । बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारले दिने ३० लाख रुपैयाँ नलिने घोषणा गरेका छन् ।

बालक लक्ष्मण शिवाकोटी हत्या प्रकरणका क्रममा बिर्तामोडमा भएको हिंसात्मक आन्दोलनका क्रममा मेयरको घर र सवारीमा तोडफोड भएको थियो ।

तोडफोडका क्रममा भएको क्षति छानबिन गरेर सरकारले मेयर शिवाकोटीलाई ३० लाख दिने निर्णय गरेको थियो । मेयर शिवाकोटीले भने – मलाई यो केही जानकारी छैन, सरकारले दिन्छ भने म लिन्न । मैले यसरी रकम लिन मिल्दैन । मेरो क्षति धेरै भएको छ, शिवाकोटीले भने – तीन महिना अघि निर्णय भएको रहेछ । लिने भए म निर्णय भएको दुई दिनमै लिने थिए ।

नगरपालिकामा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो जीवनमा चोट पुगेको भन्दै न्याय दिन आग्रह गरेका छन् । आन्दोलन सम्झिदै मेयरले भने, त्यो बेला मलाई मार्ने योजना रहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्