धरानको १ अर्ब ७७ करोड अनुमानित बजेट प्रस्तुत

धरानको  १ अर्ब ७७ करोड अनुमानित बजेट प्रस्तुत

धरान, ११ असार । धरान उपमहानगरपालिकाले पाँचौं नगर सभामा आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ७७ करोड ९१ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

मंगलवार उपमहानगरकी कार्यवाहक प्रमुख मञ्जु भण्डारीले प्रस्तुत गरेको बजेटमा कार्यालय सञ्चालन खर्चतर्फ २६ करोड १० लाख ५० हजार रुपैयाँ रहेको छ भने पूँजीगततर्फ १ अर्ब ५१ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ ।

बजेटले धरानको पर्यटन, खेलकुद र सांकृतिक क्षेत्रको विकासका लागि जोड दिएको छ । अनुमानित बजेटमा आन्तरिक आयतर्फ ३२ करोड २७ लाख ५ हजार रहेको छ ।

संघीय समानीकरण अनुदान ३१ करोड ९४ लाख, प्रदेश समानकरण अनुदान ९८ लाख ६८ हजार र संघीय राजस्व बाँडफाँट २५ करोड ८ लाख रुपैयाँ प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्