विराटनगर, असार ११ ।
मोरङको रतुवाई नगरपालिका–५ मलाहा टोलमा चट्याङ् लागेर २३ वर्षीय जुगेर मियाको मृत्यु भएको छ । मंगलबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका मियाको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।
प्रहरीका अनुसार रतुवा खोलामा बाँसको अस्थायी पुल बनाइरहेको अवस्थामा उनलाइ अचानक चट्याङको झट्काले लागेको थियो ।