बृद्धभत्ताबाट आएको रकम विद्यार्थीलाई छात्रबृत्ति !

<span class='c1'>बृद्धभत्ताबाट आएको रकम</span> <span class='c2'>विद्यार्थीलाई छात्रबृत्ति !</span>

संखुवासभा, १२ असार । संखुवासभाको सभापोखरी गाउँपालिका–६ का दुई बृद्धाले आफ्नो भत्ताबाट आएको रकम विद्यार्थीलाई छात्रबृत्ति दिन थालेका छन् । सामाजिक सुरक्षा भत्ताले बाह्रविसेका ८० बर्षिय जीवनकुमारी कालाखेती र ७० बर्षीय जानुका कालाखेतीले छात्रबृत्ति कोष स्थापना गरिदिएका छन् ।

उमेर ढल्केका धेरैको लागि सरकारले दिदै आएको बृद्धभत्ता बुढेसकालको साहारा बन्दै आएको छ । तर सभापोखरी –६ बाह्रविसेका दुई बृद्धाहरुले त्रिवेणी माध्यमिक विद्यालयका दुई विद्यार्थीहरुको पढाईमा खर्च गर्दै आएको बताए । दुवै कालाखेती स्वर्गीय भैरबप्रसाद कालाखेतीका धर्मपत्नीहरु हुन् ।

उनीहरुले २०७० सालदेखि यताको सवै सामाजिक सुरक्षा भत्ता नियमित रुपमा कोषमा जम्मा गर्दै आएको प्रधानाध्यापक गोविन्द बाह्रकोटीले जानकारी दिए । दुई बृद्धहरुले स्थापित छात्रबृत्ति कोषमा जम्मा भएको रकमको ब्याजबाट त्रिबेणी माविमा ६ देखि १० कक्षासम्म अध्ययनरत सर्वोत्कृष्ठ अंक ल्याउने एक छात्र र एक छात्रालाई छात्रबृत्ति प्रदान गरिदै आएको प्रअ बाह्रकोटीले बताए ।

पाँच बर्षअघि दश हजार रुपैयाँबाट सुरु गरिएको कोषमा हाल एक लाख ४० हजार रुपैयाँ जम्मा भईसकेको विद्यालयका प्रअ बाह्रकोटीले जानकारी दिए। यो रकम बर्षेनी बढ्ने क्रममा रहेको उनको भनाइ छ । विद्यालय जान नपाएका दुवै कालाखेतीले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई पढाई खर्चमा सहजता मिलोस भनेर छात्रबृत्ति कोष खडा गरेको बताए ।

उनीहरुले भने हामीले अक्षर चिन्न नपाएपनि अहिलेका बालबालिकाहरु राम्रो पढुन् भनेर हौसलाका लागि हामीले पाउने भत्ताको रमक प्रदान गरेको बताए । ‘हामीले पाउने भत्ताले राम्रा विद्यार्थीलाई सहयोग मिल्छ भने त्यसैमा खुसी हुन्छौं’, उनीहरुले भने । कालाखेती परिवारका सवै सदस्यहरु विद्यालयका दाताहरु समेत हुन् । स्वर्गीय भैरबप्रसाद कालाखेती (अक्षकोष संस्थापकहरुका श्रीमान) त्रिवेणी माविका जग्गादाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्