इटहरीको सेन्टर प्लाजामा आगलागी, बोरिङ सिस्टम भएका कारण ठूलो नोक्सानी हुन पाएन

इटहरीको सेन्टर प्लाजामा आगलागी, बोरिङ सिस्टम भएका कारण ठूलो नोक्सानी हुन पाएन

विराटनगर १७ असार । इटहरी स्थित सेन्टर प्लाजामा आगलागी भएको छ । विधुत सर्ट भई आगलागी भएको सञ्चालक राजेश श्रेष्ठले बताए । आगलागिबाट क्षती भने नभएको प्रहरीले जनाएको छ । सेन्टर प्लाजामा भएको अत्याधुनिक फायर मेसिनबाट आगलागी नियन्त्रणमा आईसकेको छ ।
सेन्टर प्लाजामा रहेको बोरिङ सिस्टमबाट पानी लगाएपछि आगो निभाउन सजिलो भएको सञ्चालक श्रेष्ठ बताउनुभयो । समयसँगै आधुनिक प्रविधिको प्रयोग गर्न आवश्यक देखेर जडान गरेको बोरिङ सिस्टमले काम गरेको सञ्चालक श्रेष्ठ बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्