पाँचथरमा ट्रयाक्टर दुर्घटना : एक जनाको ज्यान गयो, ३ घाइते

पाँचथरमा ट्रयाक्टर दुर्घटना : एक जनाको ज्यान गयो, ३ घाइते

पाँचथर, १८ असार ।  हिलिहाङ गाउपालिका–१, आमबोटेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि ३ जना घाइते भएका छन् ।

दुर्घटनामा जिल्लाको याङवरक गाउपालिका–३, ओयामका ३१ वर्षीय सुरेन्द्र सेलिङको गएको हो । दुर्घटनाबाट इलामका २० वर्षीय लिला सुन्दास, पाँचथर याङवरक–३ का कुमार लिम्बू, र याङवरक–३ कै अजय सेलिङ घाइते भएका छन् । जिल्ला अस्पताल पाँचथरमा ।  घाइतेहरुको उपचार भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।

निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्गमा काम गरिरहेको ट्रयाक्टर मंगलबार दिउँसो सामान र कामदार लिएर अमरपुरबाट सालिङगे जाँदै गर्दा सडकबाट अनिन्त्रित भएर तल खसेको पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्