पाँचथरमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु

पाँचथरमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु

पाँचथर, असार १९ गते ।

पाँचथरको तुम्बेवा गाउँपालिका-३ मौवा बजारमा ट्याक्टरको ठक्करबाट ६ बर्षीय बालकको मृत्यु भएको छ । बुधवार साँझ पौने ८ बजेको समयमा मौवा बजार स्थित उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ त ५४६० नम्बरको ट्याक्टरले मौवा बजारमा पसल गरी बस्ने रमेश खत्रीको छोरा बर्ष ६ को रिदम खत्रीलाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी टोली खटि गई चालक तथा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने कानूनी प्रकृया पूरा गरी बालकको शव परिक्षणको लागि प्राथामिक स्वास्थ्य केन्द्र रवि पठाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्