जनप्रतिनिधिले नै च्याते नीति तथा कार्यक्रम

<span class='c1'>जनप्रतिनिधिले नै च्याते</span> <span class='c2'>नीति तथा कार्यक्रम</span>

उदयपुर, २१ असार ।  नगरपरिषद् पार्टीकरण भएको भन्दै चौदण्डीगढी नगरपालिकाका वडाध्यक्षले ‘नीति तथा कार्यक्रम’ पत्र घोषणासभामै च्यातेका छन्। नगर प्रमुख खगेन्द्र राईले शुक्रबार आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको नीति तथा कार्यक्रम घोषणा गर्दैगर्दा वडाध्यक्षले च्यातेका हुन्।

नगरप्रुमख राईले मनोमानी ढंगले पार्टीकरण गरी नीति, बजेट तथा कार्यक्रम ल्याएको भन्दै नेपाल कम्युनिस्ट पार्टीका वडाध्यक्ष र सदस्यले च्यातेका हुन्। बहुमतको दम्भ देखाएर नीति तथा कार्यक्रम ल्याएकाले विरोधस्वरुप च्यातेको उनीहरुको भनाइ छ। घोषणा सभामा नगर उपप्रमुख रीताकुमारी चौधरीले नीति, बजेट तथा कार्यक्रम पढेर सुनाएपछि नेकपाका जनप्रतिनिधिले विरोध जनाउँदै रोष्टमा गएर विरोध गरेका थिए।

विरोध लगत्तै घोषणासभा कक्षबाट नीति तथा कार्यक्रमको कागज च्यात्दै असन्तुष्ट जनप्रतिनिधि बाहिरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाईले जानकारी दिए।

नगर प्रमुख राईले आफू अनुकुल बजेट विनियोजन गरेको र बहुमतको दम्भ देखाउँदै मनोमानी गरेकोले नीति तथा कार्यक्रम च्यात्नु परेको वडा नम्बर ५ का अध्यक्ष देवनारायण चौधरीले बताए।

‘नगरसभामा पटक-पटक सच्याउन माग गर्दै आएका थियौँ,’ वडाअध्यक्ष कमलध्वज राईले भने, ‘नेपाली कांग्रेसका जनप्रतिनिधिले नगरपालिका चलाउन खोजेपछि समस्या उत्पन्न भयो। जसले अहिलेको परिस्थिति सिर्जना भयो।’

नगर सभामा पेश गरिएको कुल ६३ करोड २४ लाख रुपैयाँ बजेटमा मेयर  र उपमेयरले आफू अनुकुलका वडा र योजनामा मात्र बजेट विनियोजन गरेको आरोप छ ले बताए।

५४ कार्यापालिका सदस्य रहेको चौदण्डीगढी नरपालिकामा १७ नेकपाबाट विजयी जनप्रतिनिधि छन्। बाँकी ३७ नेपाली कांग्रेसका हुन्। नगर प्रमुख खगेन्द्र राईले भने सहमतिको आधारमा ल्याएको बजेट च्यात्नुको कुनै तुक नहरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्