झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परे

झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परे

झापा । आचरणविपरीत काम गरेको अभियोगमा झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परेका छन् ।

राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय नीति अन्तर्गत आव २०७५-०७६ मा उनीहरु कारवाहीमा परेको जिल्ला प्रहरी
कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार विभागीय कारवाहीमा परेकामध्ये आठ प्रहरी जवान र एक हवल्दार गरी नौ जनालाई नोकरीबाट हटाइएको छ भने पाँच जना प्रहरी सहायक निरीक्षकलाई नसिहत र एक जना प्रहरी सहायक निरीक्षकलाई तलब वृद्धि रोक्का गरिएको छ ।

विभागीय कारबाही पाउनेमध्ये अरु दुई प्रहरी नायब निरीक्षकलाई सख्त चेतावनी दिइएको, दुई प्रहरी हवल्दारको तलब वृद्धि रोक्का गरिएको र एक प्रहरी जवानको पद्धोन्नति रोक्का
गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राम्रो काम गरेबापत यस आवमा १०१ प्रहरी पुरस्कृत भएका छन् जसमा ४३ प्रहरी जवान छन् । त्यस्तै २० हवल्दार, १४ प्रहरी सहायक निरीक्षक, ८ प्रहरी नायब निरीक्षक, ८ प्रहरी
निरीक्षक र ६ प्रहरी नायब उपरीक्षक पुरस्कृत भएको प्रवक्ता श्रेष्ठले बताए । - रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्