करेन्ट लागेर झापामा एक कर्मचारीको मृत्यु, एक कर्मचारी गम्भीर घाइते

<span class='c1'>करेन्ट लागेर झापामा एक कर्मचारीको मृत्यु,</span> <span class='c2'> एक कर्मचारी गम्भीर घाइते</span>

झापा, २२ असार ।  बिजुली तार मर्मत गर्ने क्रममा करेन्ट लागेर झापामा एक कर्मचारीको मृत्यु भएको छ, भने एक कर्मचारी गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरणको नयाँ काबेली कोरिडोर  पाडाजुँगी सब–स्टेसनमा कार्यरत मुगुका ५५ वर्षीय प्रेमबहादुर खतिवडा रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै बिजुलीको तार मर्मतको क्रममा अर्को कर्मचारी हिक्मत कार्की गम्भीर घाइते भएका छन्। उनको झापामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको सिलगुडी पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ स्थित पाडाजुँगीको नयाँ काबेली कोरिडोर सब–स्टेसनमा बिजुलीको तार सर्ट भई शनिबार बेलुकी ८ बजेदेखि विद्युत् सेवा अवरुद्ध भएको थियो।  विद्युत् सेवा अवरुद्ध भएलगत्तै उनीहरुले मर्मत सुरु गरेका थिए। सोही क्रममा करेन्ट लागेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्