झापामा १७ घण्टादेखि विद्युत् अवरुद्ध , स्टेशनमै प्राविधिक समस्या

झापामा १७ घण्टादेखि विद्युत् अवरुद्ध , स्टेशनमै प्राविधिक समस्या

विराटनगर असार २२। झापामा हिजो साँझदेखि गएको बिजुली आउन अझै कम्तिमा चार घन्टा लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख सच्दिानन्द यादवका अनुसार विद्युत चुहिएर झापाको कमल गाँउपालिका पाडाजुँगीमा अवस्थित सब स्टेशनमा गएराति १ प्राधिकरणका एक प्राविधक कर्मचारीको मृत्यु भएको र स्टेशनमै प्राविधिक समस्या आएको जानकारी दिए ।

यादवले भने,‘‘सब स्टेशनमै समस्यामा अएको छ । अर्को एकजना कर्मचारी घाइते छन् । उपचारको लागि भारतको सिलीगुडी पठाइएको छ । मुचुल्कका सरजमिन गर्न बाँकी थियो ।’’ यादवले सुनसरीको दुहबीबाट स्टेशनबाट गएका प्राविधिकले मर्मत सुरु गरेकोले कम्तिमा चार घण्टाभित्र अथवा त्यस अघि नै विद्युत सुचारु हुने जानकारी दिएका छन् ।

पाडाँजुगीमा ग्रीडमा समस्या भई  कन्ट्रोल प्यानलमा समेत आगलागी भई समस्या भएकोले चार्ज गर्न समस्या लागेको बताइएको छ । हिजोसाँझ एक्कासि आगलागी हुँदा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडाको मृत्यु भएको थियो । घटनामा मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् । दुवै नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक हुन् । बुढालाई उपचारको लागि भारत पठाइएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार गएराति साँझ ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेसन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत् चुहिँदा दुवै घाइते भएका थिए । घाइते खतिवडाको दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउनसाथ मृत्यु भएको थियो । बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्