मोरङको सुन्दरहरैचामा जेठाजुले बुहारीलाई खुकुरी प्रहार गरे

<span class='c1'>मोरङको सुन्दरहरैचामा जेठाजुले बुहारीलाई</span> <span class='c2'>खुकुरी प्रहार गरे</span>

विराटनगर,२४ असार । बुहारीलाई खुकुरी प्रहार गर्ने जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुमार गाँउमा बुहारीलाई धारिलो हतियार प्रहार गर्ने जेठाजुलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार दिउँसो साढे १ बजेको समयमा सोही स्थान बस्ने ३६ वर्षीय नीरबहादुर नेपालले आफ्नै २६ वर्षीय बुहारी सलिना नेपाललाई शरीरको बिभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाइते बनाएका थिए । हतियार प्रहारबाट सलिना गम्भीर घाइते भएकी छन् ।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने नीरबहादुरलाई तत्काल पक्राउ गरेको थियो । गम्भीर घाइते भएकी सलिनालाई उद्धार गरी उपचारको लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्