झापाको हल्दिवारीमा निशुल्क स्वास्थ्य सेवा दिने अभियान

झापाको हल्दिवारीमा निशुल्क स्वास्थ्य सेवा दिने अभियान

झापा, २५ असार । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर २ ले जनप्रिय कार्यक्रमहरु लागु गरी कार्यान्वयन गरे सँगै स्थानीय सरकारको गतिलो उदाहरण दिन सफल भएको छ ।

वडामा भएका बिरामीहरुका लागी आगामी आर्थिक बर्षदेखी निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । वडाध्यक्ष राजेन्द्र योङ्हाङ्ले लामो समयको अध्ययन, सदस्यहरुसँगको छलफल, सरोकारवालाहरुसँगको परामर्शले योजना अघि बढाएको बताए । एम्बुलेन्स प्रयोग गर्न कतिपय अवस्थामा विपन्न वर्गका वडाबासीहरु असर्मथन रहेको सन्र्दभमा योजना ल्याएको उनको भनाई छ ।

उक्त वडाले जनप्रतिनिधी पाएसँगै पहिलो आर्थिक बर्षमा नै चिया मजदुरलाई १ लाख रुपैयाँ सम्मको बिमा गरिदिएको छ । वडा कार्यालयले विपन्न बर्ग, सहिद, बेपत्ता परिवारका विद्यार्थी पढ्ने घर लक्षित गरी बिजुली बत्ती नभएका घरमा सोलार जडान गरेको छ ।

यसबाट बिजुली बत्ती नभएका घरका बिद्यार्थी र जेष्ठ नागरिक लाई पढ्न र रातको समयमा हुने जोखिम कम गर्न मद्धत पुगेको वडाध्यक्ष योङ्गहाङ्गको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्