साँगुरीगढीमा बस र मोटरसाइकल एकआपसमा जुध्दा एक गम्भीर घाइते

साँगुरीगढीमा बस र मोटरसाइकल एकआपसमा जुध्दा एक गम्भीर घाइते

विराटनगर २५ असार । धनकुटाको साँगुरीगढी गाउँपालिकास्थित गुठीटार नजिकै विपरीत दिशाबाट आइरहेको यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा जुध्दा एक गम्भीर घाइते भएका छन ।

घाइते हुनेमा मोटरसाइकल चालक धनकुटाको तांखुवा ९ निवासी तेञ्जी शेर्पा रहेको ट्राफि प्रहरीका असई सुरेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार घाइते मोटरसाइकल चालकलाई जिल्ला अस्पताल उपचारमा पठाइएको छ । घाइते शेर्पाको हातमा पनि चोट लागेको छ । धनकुटाबाट धरानतर्फ गइरहेको मे ७ प ३७९४ नम्बरको मोटरसाइकल र धरानबाट धनकुटातर्फ गइरहेको को १ ख ५१४१ नम्बरको बस एकापसमा जुधेको थियो । गुठीटार नजिकै घुमाउरो मोडमा बाइक र बस जुधेको हो । ट्राफिक प्रहरीले बस र मोटरसाइकल दुवै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्