इटहरीको सुकुमारी खोलामा आएको बाढीले बगाएर युवक बेपत्ता

इटहरीको सुकुमारी  खोलामा आएको बाढीले बगाएर युवक बेपत्ता

इटहरी, २६ असार । इटहरी ५ स्थित जनता बहुमुखि क्याम्पस अगाडीको सुकुमारी खोलाले एक युवालाई बगाएको छ । सीमरबना घर भई सोहि स्थानमा ग्रील पसलमा काम गर्ने अन्दाजी ३६ वर्षका सागर थापालाई माछा मार्ने क्रममा बाढीले बगाएको स्थानियले बताएका छन ।


स्थानिएका अनुसार बिहान ११ बजे घर नजिकको खोलामा बाढी आएपछि युवक माछा मार्न जाल लिएर निस्केका थिए । सोही क्रममा युवकलाई बढीले बगाएको स्थानियले बताएका छन । अहिले उक्त स्थानमा प्रहरी, स्थानिय व्यत्तिहरुको उपस्थितिमा बेपत्ता युबकको खोजिकार्य भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्