धरानको बी.पी. स्वास्थ्य प्रतिष्ठानबाट नवजात शिशु चोरी, संलग्न दुईजना प्रहरी नियन्त्रणमा

धरानको बी.पी. स्वास्थ्य प्रतिष्ठानबाट नवजात शिशु चोरी,  संलग्न दुईजना प्रहरी नियन्त्रणमा

सुनसरी, २६ असार ।
धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बिरामी तथा कुरुवा निदाएको मौका छोपी नवजात शिशु चोरी गर्ने २ महिलालाई प्रहरीले बिहिवार पक्राउ गरेको छ ।
सुनसरीको भोक्राह–नर्सिङ गाउँपालिका–१ बस्ने बविता मेहताको शिशु चोरी गर्ने दुईजना पक्राउ गरेका हुन् ।
यस्तो छ घटना प्रकृती
सुनसरीको भोक्राह–नर्सिङ गाउँपालिका–१ बस्ने बविता मेहतालाई सुत्केरी व्याथा लागेर गत असार १० गते वि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा १३ गते शिशुको जन्म भएको थियो । जन्म दिए पश्चात आमा र शिशुको सोही अस्पतालको गाईनो वार्डमा राखेर उपचार भईरहेकोमा राती साढे १२ बजेको समयमा विरामी कुरुवाले शिशुलाई नदेखे पछि खोजी गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली र पिडितको सहयोगमा शिशुको खोजी गरेको थियो । प्रहरीले खोजी गर्ने क्रममा केही दिन अगाडी अस्पताल परिसरमा सुत्केरी तथा बच्चाको रेखदेख गर्ने बहानामा आएकी धरान–५ देवीगाउँकी २७ बर्षीय लीला बिश्वकर्माले शिशुलाई चोरी गरि भाउजु नाता पर्ने धरान १५ बगरकोट बस्ने बर्ष ४२ की मीना लिम्बु (बिश्वकर्मा) को घरमा शिशुलाई लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
बच्चा लुकाएको अबस्थामा फेला पारेको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नवजात शिशुको उद्धारगरि परिवारको जिम्मा लगाईएको छ भने दुवै जनालाई शरिर बन्धक सम्बन्धि मुद्धामा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्