सुनसरी-मोरङ औद्योगिक क्षेत्रअन्तर्गतको इटहरी सोनापुर खण्ड डुबानमा

सुनसरी-मोरङ औद्योगिक  क्षेत्रअन्तर्गतको इटहरी सोनापुर खण्ड डुबानमा

सुनसरी । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सुनसरी मोरङ औद्योगिक करिडर क्षेत्रअन्तर्गतको इटहरी सोनापुर खण्ड डुबानमा परेको छ। सो क्षेत्र हुँदै बग्ने टेङ्ग्रा खोलामा पानीको निकास नहुँदा खोलाको पानी औद्योगिक क्षेत्रमा पस्दा दर्जनबढी उद्योग प्रभावित भएका छन्।

इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित करदाता सेवा कार्यालय अगाडिबाट टेङ्ग्राखोला बस्तीमा समेत पसेको छ। उत्तरदक्षिण कोशी राजमार्ग अन्तर्गतको इटहरी सडकखण्डको यो क्षेत्रमा पानी सडकबाटै बगेको छ। खोला सडकमाथिबाटै बगेपछि केही बेर दिउँसो कोशी राजमार्ग अवरुद्ध भएको थियो।

सडकमा खोला बग्न थालेपछि कोशी राजमार्गमा गुड्ने सवारीहरू सञ्चालनमा समस्या भएको छ। सवारी अवागमनमै समस्या भएपछि स्काभेटर लगाएर खोला सफाइ गरिँदा केही सहज भए पनि निरन्तरको वर्षा पुनः जारी रहे थप जोखिम बढ्ने इटहरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष भीम पौडेलले बताए। दुई वर्षअघि पनि यहि ठाउँबाट टेङ्ग्रा खोला वस्तीमा पसेको थियो।

पटकपटक एकै ठाउँबाट टेङ्ग्रा खोलाको पानी ओभर फ्लो भएपछि गाउँमा पस्ने गरेको छ। यस वर्ष इटहरी उपमहानगरपालिकाले बेलैमा खोला सफाई नगर्दा थप जोखिम बढ्ने निश्चित छ। यस विषयम पटकपटक जानकारी गराए पनि चासो नदिएको स्थानीय गुणराज जमरकट्टेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्