सप्तकोशीमा खतराको बत्ती बालियो, स्थानीयलाई सतर्क रहन आग्रह

सप्तकोशीमा खतराको बत्ती बालियो, स्थानीयलाई सतर्क रहन आग्रह

बिराटनगर असार २७ , लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।

 

ब्यारेज प्रहरीका अनुसार पानी निकासीको लागि ५६ मध्ये ३२ वटा ढोका खोलिएको छ ।

प्रहरीका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थियो । बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो ।

पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरुलाई सतर्क रहन सुचना जारी गरेको छ ।

सप्तकोशीको पानीको बहाव कोशी ब्यारेजमा मापन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्