सुनसरीको ईनरुवामा ११० घर डुवानमा

सुनसरीको ईनरुवामा ११० घर डुवानमा

विराटनगर, २७ असार ।
सुनसरीको ईनरुवामा ११० घर डुवानमा परेका छन् । केहीदिन देखिको अबिरल बर्षाको कारण सुनसरी इनरुवा नगरपालिका ३ मुसरीटोलका एक सय घरहरु डुवानमा परेका हुन् । बर्षाको कारण दपिक्षा खोलामा आएको बाढी गाउँपस्दा एक सय घर डुवानमा परेको हो । त्यस्तै ईनरुवा नगरपालिका वडा नम्बर ८ को गैडाटोलको १० घर पानी पसेको छ । सुनसरी खोलाको पानी गाउँ पस्दा तत्काल बिस्थापित हुने अवस्थाले गर्दा उनीहरुलाई वडा कार्यालयले नजिकै रहेको बिद्यालयमा स्थानान्तरण गरेको छ ।
नगरपालिकाको कार्यालय र वडा कार्यालय तथा अन्य निकायहरुसंग समन्वय गरी उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालयलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्