मुख्यमन्त्री कपमा फाइनल राउण्डमा धरान र झापा विजयी 

मुख्यमन्त्री कपमा फाइनल राउण्डमा धरान र झापा विजयी 

विराटनगर, २८ असार । प्रदेश १ को मुख्यमन्त्री कप प्रदेश लिग फुटबलको फाइनल राउण्डमा धरान र झापा विजयी भएका छन् । धरानको बीपी कोइराला प्रतिष्ठानको १ नम्बर फुटबल मैदानमा भएको खेलमा धरान एफसी सुनसरीले बौद्धिक विकास समाज धनकुटालाई ३–२ गोल अन्तरले पाखा लगायो ।

धरानको जितमा विनोद राई, दोर्जे तामाङ र उमेश राईले गोल गरे । समुह चरणको अन्तिम खेलमा धरानले बेलबारी फुटबल क्लब, मोरङसँग प्रतिस्पर्धा गर्नेछ ।   सोही मैदानमा भएको अर्को खेलमा झापाको सैनिक युथ क्लबले वाक्सिला एफसी खोटाङलाई ६–३ गोल अन्तरले पराजित गर्‍यो । झापाको जितमा विकेश गुप्ता ह्याटिक सहित ४ तथा सौरब लिम्बु र मिलन राईले १–१ गोल गरे । झापाले अब रेडहर्स फुटबल क्लव इलामसँग प्रतिस्पर्धा गर्नेछ । छनोट चरण पार गरी आएका ६ टोलीले फाइनल राउण्डमा प्रतिस्पर्धा गरेपछि उपाधि भिडन्त हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्