पुर्वमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या , कारण यस्तो ।

<span class='c1'>पुर्वमा नेपाल टेलिकमको मोबाइल नेटवर्कमा</span> <span class='c2'>समस्या , कारण यस्तो ।</span>

काठमाडौँ असार २८ ,

लगातारको वर्षासँगै आएको बाढीले नेपाल टेलिकमको अप्टिकल फाइबर बगाउँदा पूर्वी क्षेत्रमा टेलिफोन सम्पर्कमा समस्या आएको छ ।

महोत्तरीको बर्दिबास क्षेत्रमा बाढीका कारण अप्टिकल फाइबर बगेकाले शनिबार बिहानैदेखि नेपाल टेलिकम अन्तर्गतका प्रिपेड र पोस्पेड टेलिफोनमा समस्या देखिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छन् ।

पूर्वका अधिकांश क्षेत्रमा टेलिफोन सेवामा समस्या आएको छ । समस्या समाधानका लागि प्रयास सुरु भइसकेको भए पनि अप्टिकल फाइबरको काम भएकाले समय लाग्ने प्रवक्ता वैद्यले बताएकी छन् । तर वैकल्पिक उपायका लागि प्रयास भइरहेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्