सुनसरीमा ८१५ घर डुबानमा, ३२५ घरपरिवार विस्थापित

<span class='c1'>सुनसरीमा ८१५ घर डुबानमा,</span> <span class='c2'>३२५ घरपरिवार विस्थापित</span>

सुनसरी, असार २८ । अविरल बर्षाका कारण सुनसरीमा ८१५ घर डुबानमा परेका छन् । डुबानका कारण सुनसरी सदरमुकाम इनरुवा, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगर, गढी, कोसी, बर्जु र देवानगन्ज गाउँपालिकाका जलमग्न भएका छन् ।

बाढी तथा डुबानका कारण जिल्लामा ३२५ घरपरिवार विस्थापित भएका छन् । निरन्तर पानी परिरहेकाले उद्धारमा समेत कठिनाई भएको छ । विस्थापित परिवारलाई छिमेकी, विद्यालल र सामाजिक संघसस्थाका भवनमा राखिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

बाढीले इनरुवा नगरपालिकाको बवियाका दर्जनौं घर डुबानमा परेको स्थानीय जयकृष्ण यादवले बताए । हरिनगरमा ढल निकास नभएका कारण दर्जनौं बस्ती डुबानमा परेका छन् ।

यता, धरान उपमहानगरपालिकाको सेउती, सर्दु र विभिन्न खहरे खोला आसपासका दर्जनौं सुकुम्बासी बस्ती बाढीको चपेटामा परेका छन् । उद्धारका लागि १२ सय सुरक्षाकर्मी परिचालन गरिएको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

बाढी प्रभावितहरुले बसोबासका लागि सुरक्षित स्थान र उचित सहयोगको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्