नहरमा चिप्लिएर बालकको मृत्यु

नहरमा चिप्लिएर  बालकको मृत्यु

विराटनगर ३० असार । सुनसरीको हरिनगरा गाउँपालिका २ का अकबल मियाको १२ बर्षीय छोरा तोसिब मियाको नहरमा डुबेर मृत्यु भएको छ । आईतवार दिउँसो सवा ३ बजेको समयमा भुटाह ९ सिसुवा धरमपुर सडक खण्डमा पर्ने नहरमा चिप्लिएर पानीमा डुब्दा घाईते भएका मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारकै क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्