उदयपुरको रौतामाईमा बाढी र पहिरोमा परी एक बालकसहित दुई बेपत्ता

उदयपुरको रौतामाईमा बाढी र पहिरोमा परी एक बालकसहित दुई बेपत्ता

उदयपुर , ३१ असार । उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ मा बाढी र पहिरोमा परी एक बालकसहित दुई बेपत्ता भएका छन्। रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परी एक बालक बेपत्ता भएका छन भने, ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएकी हुन्।

उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुर्वबहादुर खड्काका अनुसार ५५ वर्षे रणमाया रिखाम पहिरोले घर पुरिदा बेपत्ता भएकी छिन् भने उनका छोरा छोरा घाइते भएका छन्। ‘मुकुर्ची बजारमा छौडिया खोला पसेको जानकारी आएको छ,’ उनले भने, ‘रातिनै जिल्लाबाट सुरक्षाकर्मीको टोली पठाएका छौं।’

रौतामाई गाउँपालिकाको गुराँसेमा आइतबार राति साढे नौ बजे पहिरो गएर छौडिया खोला थुनिएपछि फुटेर एक्कासी बाढी आएको थियो। त्यही पहिराले पुरिएर अर्जुन तामाङका ९ वर्षीया छोरा बेपत्ता भएका छन् भने तामाङको श्रीमती  घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्