सप्तरीमा बाढी पीडितले मन्त्री उपेन्द्र यादवको पुतला जलाए

<span class='c1'>सप्तरीमा बाढी पीडितले मन्त्री</span> <span class='c2'>उपेन्द्र यादवको पुतला जलाए</span>

सप्तरी असार ३१ , सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् ।

 

केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले चासो नदिएको भन्दै उनको पुत्ला जलाइएको हो । बाढीका कारण दर्जनौ वेपत्ता भएका छन् भने कतिपयको ज्यान पनि गएको छ तर मन्त्री यादव हालसम्म सप्तरी पुगेको छैनन् ।

सप्तरीको सबभन्दा प्रभावित क्षेत्र तिलाठीमा मन्त्री यादवको पुतला जलाएको हो । मन्त्री यादवले  सप्तरीबाट चुनाव जितेका हुन् । डुवानपछि न उनी आफ्नो क्षेत्रमा गएका छन् न कुनै राहतको व्यवस्था गरेका छन्, त्यसैको आक्रोशमा त्यहाँका जनताले उनको पुतला जलाएको स्थानीय युवा राजेश सिंहले बताए । त्यस्तै अर्का बाढी पीडित अमिर कामैतले भने, भोट लिने बेला हामी जनता चाहिन्छ, अहिले हामी पीडामा हुँदा खबर लिन नआएको कारण दुख लागेको बताए ।

पीडितहरुले डुवान परेको बेला राहत तथा उद्धारका लागि आफ्नो क्षेत्रमा आउनुको साटो मन्त्री यादव विदेश घुम्न जाने गरेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2