प्रदेश नम्बर १ मा सवैभन्दा बढी डुवान र बाढीले कृषि तथा पशुपन्छीका क्षेत्रमा क्षति

प्रदेश नम्बर १ मा सवैभन्दा बढी डुवान र बाढीले कृषि तथा पशुपन्छीका क्षेत्रमा क्षति

काठमाडौं असार ३१ । गएको सातादेखि लगातार परेको वर्षाका कारण देशका विभिन्न जिल्लामा गरी कृषि तथा पशुपन्छी क्षेत्रमा ८१ करोड रुपैयाँबराबरको क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । वर्षाले १० हजार ६ सय ८२.५० हेक्टर क्षेत्रफलमा असर गरेको छ  ।

कृषिअन्तर्गत मकै, तरकारी, केरा, धान, अलैची, चैते धान, चैते मकै, पोल्ट्री, रेन्वो ट्राउट माछा, गाई, सुँगुर, कुखुरा, बाख्रालगायतको क्षति भएको मन्त्रालयले जनाएको छ । पशुपन्छीतर्फ विभिन्न जिल्लामा गरी २५ लाख ८० हजार र कृषितर्फ ८१ करोड २८ लाख ९२ हजार रुपैयाँ बराबरको क्षति भएको विवरण प्राप्त भएको छ ।

प्रदेश नम्बर १ मा सवैभन्दा बढी डुवान र बाढीले कृषि तथा पशुपन्छीका क्षेत्रमा क्षति पुगेको छ । अन्य ६ वटा प्रदेशबाट क्षतिको विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ  । बारखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्