फुपुको घर जाने क्रममा पैनिमा डुबेर १ को मृत्यु १ जना बेपत्ता

फुपुको घर जाने क्रममा पैनिमा डुबेर १ को मृत्यु १ जना बेपत्ता

विराटनगर ३१ असार । मोरङको पथरी शनिशचरे नगरपालिका(६ मा पैनीमा डुबेर १ बालिकाको मृत्यु भएको छ भने १ जना बालिका बेपत्ता भएकी छन् । मंगलबार दिउँसो पौने १ बजेको समयमा पथरी(शनिशचरे नगरपालिका(६ का राजिव तामाङको ११ बर्षीया छोरी सृजना तामाङ र ईलाम दानावारी(९ घर भई राजिव तामाङको घरमा बस्दै आएकी कृष्ण तामाङको ८ बर्षीया छोरी प्रिति तामाङ साईकलमा सुनबर्सी नगरपालिकामा रहेकी आफ्नी फुपुको घर जाने क्रममा सुनवर्सी नगरपालिका(२ मा रहेको कलभर्टबाट लडेर पैनीमा खस्दा दुवै जना बेपत्ता भएका थिए ।
बेपत्ता भएको खबर प्राप्त भएसंगै प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास गर्ने क्रममा कलभर्ट देखि करिव १०० मिटरको दुरीमा प्रिति तामाङको शव फेला परेको छ भने अर्की बालिकाको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्