भोजपुरमा पोखरीमा डुबेर दुई जना युवाको मृत्यु

भोजपुरमा पोखरीमा डुबेर दुई जना युवाको मृत्यु

भोजपुर श्रावन १ ,

जिल्लाको आमचोक गाउँपालिका वडा नम्बर २ यूँमा भन्ने ठाउँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मगलबार साँझ पौडी खेल्न पोखरीमा पसेका दुवै जनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवशीले बताएका छन् ।

प्रहरी निरीक्षक राजवशीका अनुसार मृत्यु हुनेमा आमचोक–१ वासिङ्गथर्पूका २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पाको रहेका छन् । मृतक दुवैको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल भोजपुर लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्